कारोबारको पहिलो घण्टा :३३ अकंले ओरालो लाग्यो नेप्से

६ बर्ष अगाडि

आज नेपाल स्टक  एक्सचेन्ज  नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा ३३ .३२ अकंले घटेको छ ।

कारोबारको शुरुवातमा उकालो लागेको नेप्से पुन ओरालो लाग्दै १२ बजे सम्म आउँदा ३३ अकंले घटेको हो। 

आज १२७२.१२ को बिन्दुबाट कारोबार सुरु भएको नेप्से १ घण्टाको अवधिमा १२३७.७४ को बिन्दुमा पुगेको छ ।आज नेप्से परिसुचक १२ बजे सम्म आउँदा २.६१ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका १३९ कम्पनी मध्ये ८ लाख ९२ हजार  कित्ता शेयर   खरिद बिक्रि हुँदा  ३२ करोड ४३ लाखको कारोबार भएको छ ।

साथै कारोबारमा आएका कम्पनीहरु मध्ये हाल सम्म सबै भन्दा बढि नेपाल लाइफ इन्स्योरेनसले ३ करोड १८ लाखको कारोबार गरेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया