जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नै साधारण सभा आह्वान गरेको हो ।
यसका साथै कम्पनीले अधिकृत पूँजी वृद्धि गर्ने, बोनस वितरणपश्चात कायम चुक्ता पूँजीको २०० प्रतिशत अर्थात १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले चैत १४ गते बुक क्कोलज गर्नेछ ।यसकारण १३ गतेसम्म कारोबार भई कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता हुन सक्नेछन ।
कम्पनीको साधारण सभा चैत २७ गते, बिहीबार सभा होटल न्यू ईरा, बुटवल, कालिकापथ, रुपन्देहीमा बिहान ११ बजे हुनेछ।
प्रतिक्रिया