सहारा विकास बैंक लिमिटेडले ९ लाखभन्दा बढी कित्ता संस्थापक शेयर लिलाममा बिक्री गर्नै भएको छ ।
कम्पनीले संस्थापक समूहको ९ लाख २१ हजार १४८.७० कित्ता शेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो।
उक्त सेयर कम्पनीले न्युनतम २८५ रुपैयाँ तोकी बढाबढ मूल्यमा बिक्रीमा राख्न लागेको हो ।
कम्पनीले चैत १२ गतेदेखि १९ गतेसम्म उक्त सेयर लिलामीमा बिक्री गर्दै छ ।
कम्पनीले गत २०७५ जेठ ६ गतेदेखि असार २४ गतेसम्म आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो।
इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्यामा कुनै हद नलाग्ने बैंकले जनाएको छ।
बैंकको शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया