आजदेखि खुलेको नेपाल पुनर्बीमा कम्पनीको आईपीओ किन्नका लागि मंगलबार एकैदिन ३० हजार ८७५ आवेदन परेका छन् ।
बेलुका ५ बजेर ४० मिनेट सम्म ४७ लाख ९० हजार १३० कित्ता शेयरको लागि आवेदन परेको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण शेयर निस्काशन गरेको छ ।
त्यसमध्ये कर्मचारीहरुलाई ७३ हजार ५०० कित्ता र सामुहिक लगानी कोषका लागि ८ लाख कित्ता शेयर छुट्टाएर बाँकी रहेको १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधारणको लागि आवेदन खुल्ला गरेको हो।
न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म खरिदका लागि आवेदन खुल्ला गरिएको शेयर निष्काशन छिटोमा चैत ७ गते देखि ढिलोमा चैत १८ गते बन्द हुनेछ ।
क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई ‘इक्रा एनपी आईपीओ ग्रेड २ रेटिङ्ग’ प्रदान गरेको छ।
जस अनुसार कम्पनीको आधारभूत अवस्था औषतभन्दा बलियो रहेको संकेत गरिएकोले आईपीओ खरिदमा भिड लागेको छ ।
कम्पनीले कुल पूँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पूँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशनमा ल्याएको हो ।
प्रतिक्रिया