नेपाल स्टक एक्सचेन्सकाे खरिद बिक्री कारोबार नेप्से आज फराकिलाे अंकले घटेको छ ।
मंगलबार दिनभर नै ओरालोे यात्रा तय गरेको नेप्से अन्तिम समयमा ४४.३३ अंकले घटेको हो ।
आज १३१६.३९ को बिन्दुबाट सुरु भएको कारोबार ३.३७ प्रतिशतले घटेर १२७२.०६ को बिन्दुमा झरेर राेकियाे ।
अन्तिम समयसम्म ४३ लाख ६७ हजार ७ सय ७५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४६ करोड ५१ लाख ८४ हजार ६ सय ५६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका १ सय ७५ कम्पनीको शेयर १८ हजार २ सय ५७ पटक किनबेच भएकाे थियाे ।
कारोबारमा आएका १२ उपसमुह मध्ये म्युचल फन्डको कारोबार हिजोको तुलनामा ०.४६ प्रतिशतले बढेको छ भने अन्य ११ समूहकाे काराेबार हिँजाेकाे तुलनामा कम रहेकाे छ ।
कारोबार घटेका उपसमुह मध्ये सबैभन्दा धेरै ब्यापार समूहको कारोबार घटेको छ ।
काराेबार कम रहेका मध्ये जीवन बीमामा सबैभन्दा धेरै ४२६.४८ अंक, निर्जीवन बीमामा ३३८.३४, उत्पादनमूलक ११५.०८, लघुबित्त ९३.६६, होटल ५३.६९, बिकास बैंक ५२.६८, व्यापार ४९.४८, बैकिङ्ग ३३.१६, बित्त २१.९८, अन्य १४.७९ र जलविद्युत १२.८८ अंकले ओरालो लागेका छन्।
त्यस्तै , आज कारोबारमा आएका सबै कम्पनीमध्ये एनआइसी एसीयाले १० करोडको कारोबार गरेर उच्च स्थानमा छ भने ९ करोडको कारोबार गरेको नेपाल बैँक लिमिटेड दोस्रो स्थानमा छ ।
आज ५ वटा कम्पनीको शेयरमुल्य बढको छ भने १५१ कम्पनीको शेयरमुल्य घटेको छ ।
त्यसमध्ये , जोशी हाइड्रोपावरको शेयरमुल्य सबैभन्दा धरै बढेकोे छ ।
हाइड्रोपावरको शेयरमुल्य ७.६९ प्रतिशत अथवा ४ रुपैँयाले बढेर ५६ रुपैया पुगेको छ तर शेयरमुल्य बढेका कम्पनी मध्ये बोट्लर नेपाल लिमिटेडको शेयर मुल्य सबैभन्दा धेरै( रु.६३७५) छ ।
त्यस्तै , सबैभन्दा धेरै शेयरमुल्य घट्ने कम्पनी सिद्धार्थ इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको शेयरमुल्य १० प्रतिशत अथवा ५१ रुपैँयाले घटेर ४५९ पुगेको छ ।
प्रतिक्रिया