मंगलबार नेप्से कारोबार भएको चौथो घण्टामा २५ दशमलव ९८ अंकले घटेको छ ।
कारोबार शुरु भएदेखि नै ओरालो लागेको परिसूचक चौथो घण्टामा १ दशमलव ९७ प्रतिशतले घटेर १२९०.४२ विन्दुमा पुगेको हो ।
तेश्रो घण्टासम्म लगातार ओरालोमै रहेको नेप्सेको ग्राफ चौथो घण्टा पुग्नै लाग्दा भने केही बढ्न थालेको देखिएको छ ।
१२ समूहको परिसूचकमध्ये कारोबार शुरु भएदेखि नै घटेका म्युचुअल फण्डबाहेक अन्य ११ समूहरुको परिसूचक चौथो घण्टा पुग्दा पनि घटेकै छन् ।
यो अवधिसम्म १ अर्ब १८ करोडको कारोबार भएको छ ।
प्रतिक्रिया