आज कारोबारको दास्रो घण्टामा नेप्से परिसुचक २१ अंकले घटेको छ ।
सुरुवातको केही समय बढेपनि यो अवधिसम्म आइपुग्दा नेप्से १.६६ प्रतिशतले घटेर १२९४.५७ को बिन्दुमा पुगेको छ ।
अहिले कारोबार भइरहेका १५९ कम्पनीको १२ लाख कित्ता शेयर खरिद बिक्रि हुँदा ४१ करोड १८ लाख रुपैँयाको कारोबार भएको छ ।
कारोबारमा आएका १२ उपसमुह मध्ये म्युचअल फन्डको कारोबार हिजोको तुलानामा १.२४ प्रतिशतले बढेको छ ।
अहिले ४१ करोडको कारोबार भइरहँदा ३ करोडको कारोबार गरेर एनआइसी एसीया उच्च स्थानमा छ ।
त्यस्तै , यो अवधिसम्म आइपुग्दा नविल ब्यालेन्स फन्डका शेयर धनीहरुले २.२० प्रतिशत नाफा कमाएका छन् ।
प्रतिक्रिया