मासिक १ हजारमा गुल्मीमा कम्युटर इन्जिनियरिङ्ग पढाइ हुने

५ बर्ष अगाडि

गुल्मीको सदरमुकाम तम्घासमा स्थित सिद्धबाबा माध्यमिक विद्यालयमा कम्युटर इन्जिनियरिङ्ग विषय पढाई हुने भएको छ । 

विद्यालयले कक्षा ९ देखि १२ सम्म सो विषय पढाउन शुरु गर्ने भएको हो । 

विद्यालयले कम्युटर इन्जिनियरिङ्ग अध्ययापनको विषयमा छलफल गर्न व्यवस्थापन समिती, अभिभावक र विद्यार्थीबीच अभिमुखिकरण कार्यक्रम गरेको छ । 

विद्यालयका शिक्षक टिका खडकाले दिएको जानकारी अनुसार विद्यालयमा छुट्टै ल्याब र कक्षाको व्यवस्था गरी कक्षा सञ्चललन गर्ने निर्णय भएको छ । 

कक्षा नौ देखि जम्मा ४८ जना विद्यार्थीलाई सो विषय पढाउन शुरु गरिने र साढे चार वर्षमा पढाइ सम्पन्न हुने उनले बताए । 

सो विषयका लागि करिब एक हजार मासिक शुल्क निर्धारण गरिएको र  साढे चार बर्षमा पढाइ पुरा हुँदा एकलाख सम्म खर्च हुने प्राचार्य डोरविक्रम श्रीसले बताए । 

यो बिषय पढन अनिवार्य विज्ञान, गणित र अंग्रेजीमा  अब्बल हुनुको साथै सुचनाप्रबिधिमा रुची भएको बिद्यार्थी  हुनुपर्ने उनको भनाई छ । 

देशभरीकै विद्यालयमध्ये राम्रो पढाइ हुने विद्यालयको सूचिमा रहेको सिद्धबाबाले आफ्नै स्कुल बस, ल्याब सञ्चालन गर्नुका साथै प्रोजेक्टर र स्मार्टबोर्ड मार्फत सृजनशिल रुपमा पठनपाठन गराउँदै आएको छ । 

बर्सेनि बढेको बिद्यार्थीको चापलाई ध्यान दिएर नयाँ भवन तथा कम्प्युटर ल्यावको लागि नयाँ भबन बनाउन प्रदेश पाँच सरकारले बजेट उपलब्ध गराएको छ । 

सो विधालयमा एक बर्ष अघिदेखि कानुन बिषयको पढाइ पनि हुदै आएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया