कारोबारको पहिलो घण्टा मंगलबार सेयर बजार परिसूचक नेप्से घट्दो क्रममा देखिएको छ । सोमबार केही बढेको नेप्से मंगलबार भने कारोबारको शुरुवातदेखि नै घट्न शुरु गरेको हो ।
पहिलो घण्टामा नेप्से १.१९ प्रतिशतले घटेको छ । १३१६.३९ बाट शुरु भएको कारोबार मध्यान्ह १२ बजेसम्म १५.६८ अंकले घटेर १३००.७२ मा झरेको हो ।
यो अवधिमा १२ उपसमूहमध्ये यो अवधिमा ११ उपसमूहको कारोबार अघिल्लो दिनको तुलनामा घटेको छ । एउटा उपसमूह म्युचुअल फण्डको भने कारोबार बढेको छ ।
एक घण्टाको अवधिमा सपोर्ट माइक्रोफाईनान्सका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशत गुमाएका छन् ।
एक घण्टाको अवधिमा १७ करोड ६५ लाखको कारोबार भएको मध्ये सबैभन्दा धेरै कारोबार ग्लोबल आइएमइ को भएको छ ।
पहिलो घण्टामा नविल इक्वीटी फण्डका शेयरधनिले २.४३ प्रतिशत नाफा कमाएका छन् ।
प्रतिक्रिया