नेकपाका कुन कुन मन्त्रीको जाने भयो पद ?

७ बर्ष अगाडि

काठमाडौं– नेकपाले कार्यसम्पादनमा राम्रो नतिजा दिन नसक्ने आफ्ना मन्त्रीको हरेफेरको तयारी गरेको छ । 
सरकारको काम कारबाही प्रभावकारी हुन नसकेको भनि चौतर्फी रुपमा  आलोचना बढेपछि कार्यसम्पादन राम्रो गर्न नसक्ने मन्त्रीहरुको हेरफेर तयारी भएको हो । 
नेकपा अध्यक्ष प्रचण्डले सरकारको पार्टी एकताको विषयमा दुई अध्यक्षबीच समीक्षा सुरु भएको जानकारी दिएका छन् । नतिजा दिन नसक्ने पूर्व एमाले र पूर्व माओवादी केन्द्र दुबैतर्फका केही मन्त्री हेरफेर हुन सक्ने प्रचण्डको भनाई छ । 
यद्यपी कुन कुन मन्त्रीको पदजाने भन्नेबारे केही खुलाइएको छैन ।  आजको राजधानी दैनिकमा खबर छापिएको छ ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया