एनआइसीले सूर्या लाईफ इन्सुरेन्सको सेयर लिलाम गर्ने

६ बर्ष अगाडि

सूर्या लाइफ इन्सुरेन्सको ३९ हजार १०० कित्ता संस्थापक सेयर लिलामका लागि एनआईसी एसिया बैंकले तेश्रो  पटक बिक्री खुल्ला गरेको छ । 

आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर लिलामीका लागि  यसअघि दुईपटक बिक्री खुला गर्दा पनि सबै सेयर नबिकेपछि मंगलबारदेखि पुनः बिक्री खुला गरेको हो । 

सेयरको  न्यूनतम मूल्य रु. २५० तोकिएकोले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य तोकेर बोलपत्र पेश गर्न सक्नेछन् । 

न्यूनतम १०० कित्ता र त्यसभन्दा बढी १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन पाइनेछ ।

एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयबाट पनि बोलपत्र पेश गर्न सकिनेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया