राप्रपामा एकता पछि पहिलो मनोनयन, सचिवालय प्रमुख र कोषाध्यक्षमा नियुक्ति ।

५ बर्ष अगाडि

राप्रपाले  सचिवालय प्रमुख र कोषाध्यक्षमा ४ जनालाई  मनोनयन गरेको छ । पार्टी एकता पछि पहिलो पटक सचिवालय प्रमुखमा २ जना   र कोषाध्यक्षमा २ जनालाई मनोनयन गरेको छ ।

राप्रपाका अध्यक्षहरु कमल थापा, पशुपतिशमशेर राणा, डा प्रकाशचन्द्र लोहनीले सहमतिका आधारमा पार्टीको अन्तरिम विधान अनुसार सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेका हुन ।

मनोनयन अनुसार सचिवालय प्रमुखमा भास्कर भद्रा(ललितपुर) र ध्रुब बहादुर प्रधान(नवलपरासी) तथा कोषाध्यक्ष पदमा चन्द्रबहादुर गुरुङ(कैलाली) र गणेश चन्द(बैतडी) रहेका छन । राप्रपा र राप्रपा संयुक्त बीच गत फागुन २४ गते एकताको आधारपत्रमा हस्ताक्षर गरि फागुन २८ गते एकताको घोषणा भएको थियो । राप्रपामा पार्टी एकता पछिको यो पहिलो मनोनयन हो । आइतबार बसेको तीन अध्यक्षको बैठकले उक्त मनोनयन गर्ने निर्णय गरेको र अन्य पदहरुमा पनि यथाशक्त चाँडो मनोनयन हुने तयारी भइरहेको राप्रपाका नेता मोहन श्रेष्ठले बताएका छन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया