साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक सामान्य अंकले बढेको छ ।
सोमबार दिनभर उतारचढाव भएको नेप्से अन्तिम समयसम्म आइपुग्दा ३.३५ अंकले बढेर कारोबार बन्द भएको हाे ।
नेप्से बढेपनि साेमबार काराेबार रकम भने अघिल्लाे दिनकाे तुलनामा ५० कराेडले घटेकाे छ ।
यस दिन १८० वटा कम्पनीको ४१ लाख ९१ हजार कित्ता शेयर १ अर्ब ६१ करोड ५३ लाख रुपैयाँमा खरिद बिक्री भएको छ।
हिँजाे नेप्से घट्दापनि २ अर्ब १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आज १३१३.०४ को बिन्दुबाट सुरु भएको कारोबार ०.२६ प्रतिशतले बढेर १३१६.३९ मा पुगेको छ ।
आज कारोबारमा आएका १८० कम्पनीकोे ४१ लाख कित्ता शेयर खरिद बिक्रि हुँदा १ अर्ब ६१ करोड रुपैँयाको कारोबार भएको छ ।
कारोबारमा आएका १२ उपसमुहहरु मध्ये ३ उपसमुह( होटल, म्युचअल फन्ड, मयानुफ्याक्चरिङ तथा प्रोडक्सन )को कारोबार हिजोको तुलनामा घटेको छ ।
त्यस्तै , ११ सय कित्ता शेयर खरिद बिक्रि हुँदा १५ करोड ४० लाख रुपैँयाको कारोबार गरेको नेपाल लाइफ इन्स्योरेन्स(एनएलआइसी)उच्च स्थानमा छ भने,५०० कित्ता शेयर खरिद बिक्रि गरेर १२ करोड ८१ लाख रुपैयाको कारोबार गरेको एनआइसी एसीया दोस्रो स्थानमा छ ।
सोमबार सबैभन्दा धेरै शेयरमूल्य बढ्ने कम्पनीमा सिभिल लघुवित्तको रहेको छ । सिभिलको शेयरमूल्य ९६ रुपैयाँ अर्थात ९.८८ प्रतिशतले बढेर १ हजार ६८ पुगेको छ ।
शेयरमूल्य धेरै घट्नेमा युनिलिभर नेपाल छ । उसको मूलय प्रतिशेयर १ हजार २६७ रुपैयाँ अर्थात ५.८७ प्रतिशतले घटेर २० हजार २ सय ८६मा झरेको छ ।
प्रतिक्रिया