कारोबारको तेस्रो घण्टामा उकालो लाग्यो नेप्से

६ बर्ष अगाडि

आज नेपाल स्टक एक्सेन्जमा नेप्से परिसुचक कारोबारको तेस्रो घण्टासम्म आइपुग्दा १५.४५ अकंले उकालो लागेको  छ ।

आज १३१३.०१ को बिन्दुबाट शुरु भएको कारोबार तीन घण्टाको अबधीमा  १३२८.४२ को बिन्दुमा पुगेको छ ।

आज २ बजे सम्म आइपुग्दा परिसुचक बढेर  १.१८ प्रतिशतमा पुगेको छ ।

अहिले जम्मा १७४ कम्पनीको कारोबार भइरहेकोमा २५ लाख ३१ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ  १ अर्ब १करोड  ७८ लाख कारोबार भएको छ ।

अहिले सम्म कारोबार गरेका कम्पनी मध्ये नेपाल लाइफ इन्स्योरेन्सले ११ सय  २० कित्ता  शेयर बिक्री गर्दै ११ करोड ६० लाख बराबरको कारोबार गदै उच्च स्थानमा छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया