नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

६ बर्ष अगाडि

नेपाल इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्नै आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत ४ गतेदेखि बुकक्लोज गर्नेछ।

जसअनुसार आज सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लाभांश प्राप्त तथा साधारण सभामा सहभागि हुन सक्नेछन।

कम्पनीले चुक्ता पूुजीको ५ प्रतिशत बोनस शेयर र २.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नै साधारण सभा बोलाएको छ ।

कम्पनीको साधारण सभा चैत गते, एयरपोर्ट होटल, सिनामङ्गलमा  हुनेछ ।

कम्पनीको १ अर्ब ९ करोड ५५ लाख ३६ हजार रुपैयाँ रहेकोमा ५ प्रतिशतका दरले हुन आउने ५ करोड ४७ लाख ७६ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ पुग्नेछ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया