आज ६०० करोडको ट्रेजरी बिल बिक्री हुँदै, छुट कति ?

६ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबार रु. ६ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सोमबार बोलकबोलबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । आज २ बजे बोलकोबल भएर मंगलबार ट्रेजरी बिल इस्यु हुने बताइएको छ । 
राष्ट्र बैंकले ९१ दिनका लागि रू. ४ अर्ब र १८२ दिनका लागि रू.  २ अर्बको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । गैर प्रतिस्पर्धी बोलकबोलकर्ताहरुका लागि १५ प्रतिशत छुट दिइने राष्ट्र बैंकको भनाइ छ ।
सरकार वा राष्ट्र बैंकले आन्तरीक ऋण उठाउन प्रयोग गरिने एक प्रकारको ऋणपत्रलाई ट्रेजरी बिल भनिन्छ । यो २८, ९१, १८२ र ३६४ दिन अवधीको हुन्छ ।
यी बिभिन्न प्रकारका ट्रेजरी बिल राष्ट्र बैंकले निष्काशन गर्दै आएको छ । यद्यपि, नेपालमा २८ दिने ट्रेजरी बिल निष्काशन हुने गरेको छैन । ट्रेजरी बिल कुनै व्यक्ति वा वित्तिय संस्थाले बोलकबोल गरेर किन्न सक्छन् । उक्त बोलकबोल बहुबोल मूल्य विधि मार्फत गरिन्छ ।
साथै, ट्रेजरी बिलमा ब्याजदर भन्दा पनि सट्टा छुटदर माथि बोलकबोल हुन्छ । कुनै व्यक्ति वा वित्तिय संस्थाले सरकारलाई रू। १ करोडको ट्रेजरी बिल किन्दा छुट सहित ९५ लाख दिन सक्छन् । तर, पछि उनीहरुले अवधी सकिएपछि एक करोड रुपैयाँ नै पाउछन् ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया