राष्ट्रिय पुँजिको निर्माण हुने गरि योजना तर्जुमा र कार्यान्वयन गर्न ज्ञवालीकाे निर्देशन

६ बर्ष अगाडि

सबिन बस्नेत/गुल्मी - 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य युबराज ज्ञवालीले सिमान्तकृत जनतालाइ लक्षित गरि राष्ट्रिय पुँजिको निर्माण हुने गरि योजना तर्जुमा र कार्यान्वयन गर्न आफ्ना कार्यकर्ता जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । 

पार्टीको स्थानीय तह बिभाग प्रमुख समेत रहेका ज्ञवालिले स्थानिय सरकारको कामले नै जनतालाइ बढी मात्रमा छुने हुँदा संघ र प्रदेशसँग सहअस्तित्व, समन्व र सहकार्य राख्दै विशेष पहिचान हुनेगरी काम गर्न निर्देशन दिए । 

 पाल्पाको श्रीनगरमा भएको गुल्मी क्षेत्र न २ को मध्यावधि समिक्षामा बोल्दै उनले हिँजोका नारालाई अव कार्यान्वयनमा लैजान आह्वान गरे । 

‘हिजो नारा लगाएर क्रान्तिकारी भाषण गर्दा पुग्थ्यो भने अहिले ति कुरा पूरा गर्नुपर्नेछ’ उनले भने  ‘तसर्थ कामद्वारा प्रतिउत्तर दिने जिम्मेवारीमा रहेकोले बढी अनुशासित र इमान्दार हुनु जरुरी छ ।’

उनले जनताले करिब दुर्इ तिहाइ नजिकको बहुमत दिएकोले कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता बढी जिम्मेबार र इमान्दार बन्नुपर्ने बताए । 
‘सरकार र पार्टी मिलेर गरेको कामको प्रचार र कमिकमजोरिको समिक्षा गरौँ, उनले भने ‘हिजो बम,बारुदले नढलेको कमरेड ,आज आफ्नै कमजोरिले ढल्ने स्थिति छ, मार्क्सबादी चिन्तनबाट बिचलित हुने खतरा उत्तिकै छ ।’

गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्ट, प्रदेश सांसद दिनेश पन्थी लगायतका जनप्रतिनिधि, नेकपाका स्थानीय नेताहरु समेत उपस्थित रहेको कार्यक्रममा विकासका कामको मध्यबधी समिक्षा गर्दै प्रतिबद्धतापत्र तयार गरिएको छ । 

प्रतिक्रिया