महिला सहयात्राको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

६ बर्ष अगाडि

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत ४ गते एक दिनका लागि बुकक्लोज गर्नेछ।

जसअनुसार आज सम्म नेीसेमा कारोबार भएका शेयरधनीहरुले लाभांश तथा साधारण सभामा भाग लिन पाउनेछन ।

कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने  साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको साधारण सभा चैत २२ गते, ओम अध्याय रिट्रिट रिसोर्ट, बज्रबाराही, मकवानपुरमाहुनेछ ।

कम्पनीको हाल  चुक्ता पूँजी १२ करोड १० लाख रहेकोमा प्रस्तावित  १० प्रतिशत  बोनस पश्चात कम्पनीको चुक्ता पूँजी १३ करोड ३१ लाख रुपैयाँ पुग्नेछ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया