महालक्ष्मी विकास बैंकले जोड्यो अपराध महाशाखामा सुचना बोर्ड

६ बर्ष अगाडि

महालक्ष्मी विकास बैंक लिमिटेडले महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पि फो एलईडि सूचना बोर्ड जडान गरेको छ ।

 महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही अन्तर्गत  बैंकले आइतबार महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पि फो एलईडि सूचना बोर्ड जडान गरेको हो ।

उक्त उपकरण बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक सहकुल बहादुर थापालाई एक कार्यव्रmमकाबिच हस्तान्तरण गरेका हुन् ।

 महानगरीय प्रहरी अपराध महाशाखा टेकु हुँदै आवतजावत गर्ने सर्वसाधारणहरुलाई विभिन्न प्रहरी सूचना तथा प्रहरी गतिविधि सम्प्रेषण गरी अपराधीक क्रियाकलाप न्युनीकरणमा मद्दत गर्ने उद्देश्य सहित बैंकले उक्त उपकरण जडान गरेको हो ।

६ बर्ष अगाडि

प्रतिक्रिया