सिभिल बैंकको नयाँ शाखा टोखामा संचालनमा आएको छ ।
समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा काठमाण्डौ जिल्लाको टोखामा आफ्नो शाखा संचालनमा ल्याएको हा े।
एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सिभिल बैंक लिमिटेडको टोखा शाखाको समुद्घाटन गरेका हुन ।
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टोखानगरको सरसफाईको लागि ३० थान डस्टविन हस्तान्तरण गरीएको थियो ।
बैकंको हालसम्म ४३०,००० भन्दा बढी ग्राहकहरु रहेको करीव रु। ५४अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु। ५२ अर्व कर्जा लगानी गरेकोे सिभिल बैंकको ११२ वटा शाखाहरु तथा२ वटा एक्स्टेन्सनकाउन्टर र ५ वटा शाखारहित बैंकिंग सेवा काउन्टरबाट सेवाप्रदानगर्दै आएका बैंकले जनाएको छ ।
प्रतिक्रिया