घुससहित कर्मचारी अख्तियारको फन्दामा

७ बर्ष अगाडि

काठमाडौँ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय धनुषामा कार्यरत जयगोविन्द यादवलाई रु १५ हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । 

आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार गाउँ ब्लकको जग्गा नापी गरी लगत किताबमा जग्गाधनीको लगत राख्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग्दामाग्दै पक्राउ गरिएको जानकारी दिए । 
आयोगको टोलीले लक्ष्मीनियाँ गाउँपालिका–३ स्थित अगिलेश्वरबाट पक्राउ गरी छानबिन भइरहेको जनाएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया