नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि घट्याे

६ बर्ष अगाडि

साताको पहिलो कारोबारका दिन नेप्से परिसूचक ४ दशमलव ६६ प्रतिशतले घटेकाे छ ।  

कारोबारको सुरुवात बाटै ओरालो लागेको नेप्से अन्तिम समय सम्म आउदाँ परिसूचक ५६.५४ अंकले घटेकाे हो ।

आज १३७७.०३ को बिन्दुबाट सुरु भएको कारोबार १३२०.६४ को बिन्दुमा पुगेर बन्द भयाे । 

सेन्सेटीभ परिसूचक पनि ११.०६  अंकले ओरालो लागेको छ ।

कारोबारमा आएका १२ उपसमूह मध्ये सबै समूहका सूचक तल झरेका छन् ।

त्यस्तै आज कारोबार भएका १७२ कम्पनीको ५५ लाख ७० हजार ३० कित्ता सेयर खरिद बिक्री हुदाँ १ अर्ब ६१ करोड  १४ लाख बराबरको कारोबार भएको छ । 

जम्मा १२ करोड ८७ लाख बराबरको मात्र  काराेबार गरेकाे जीवन बिमा समूह सबैभन्दा धेरै ६२१.८८ अंकले तल झरेकाे छ ।  

काराेबारका हिसाबले नेपाल लाइफ इन्सुरेन्सको १७ करोड ३६ लाख रुपैयाँभन्दा बढीको कारोबार भयाे ।  

 

 

६ बर्ष अगाडि

प्रतिक्रिया