कार्यालय छाडेर कर्मचारीहरु आफ्नो काममा हिँडेपछि आईतबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रित्तै भएको छ ।
दिउँसो सेवाग्राही कामको लागि पुग्दा मन्त्रालयका सचिव विनोद केसी लगायत ३४ जना कर्मचारी नहुँदा मन्त्रालय कर्मचारी बिहीन जस्तै भएकाे हाे ।
अधिकाँस कर्मचारी अनुपस्थित रहँदा दिनभर कामका लागि पुगेका सेवाग्राही कुरेर बस्नु परेकाे मन्त्रालय पुगेका प्रगतिशिल स्वास्थ्य व्यवसायी संघका प्रवक्ता खिमराज अधिकारीले बताए ।
मन्त्रालयमा सचिवको कार्यकक्ष लगायत प्रशासन शाखा, नीति योजना, अनुगमन तथा मुलयांकन शाखा, आर्थिक प्रशासन शाखा, कानून तथा फैसला कार्यान्वयन शाखा रित्तै थिए ।
मन्त्रालय नै खाली पारेर कर्मचारीहरू कहाँ गए भन्ने विषयमा कुनै जानकारी नभएकाे उपस्थित कर्मचारीहरूले प्रतिकृया दिए ।
तर मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले भने फाेन समेत उठाएनन् ।
प्रवक्ताको पीए शाखाका एक कर्मचारीले 'आईएलओ कन्भेन्सन' सम्बन्धि कार्यक्रम भएको कारण कर्मचारीहरु त्यता गएको हुन सक्ने प्रतिकृया दिए ।






प्रतिक्रिया