कारोबारको तेस्रो घण्टा : ४५ अंकले ओरालो लाग्यो नेप्से

६ बर्ष अगाडि

आज नेपाल स्टक एक्सेन्जमा नेप्से परिसुचक कारोबारको तेस्रो घण्टा ४५.१३ अकंले ओरालो लागेको छ ।

कारोबारको सुरुवात बाटै ओरालो लागेको नेप्से २ बजे सम्म आउँदा ४५ अकंले ओरालो लागेको हो ।

आज १३७७.०३ को बिन्दुबाट शुरु भएको कारोबार तीन घण्टाको अबधीमा १३३१.९० को बिन्दुमा पुगेको छ ।

आज ११ बजेको १३७७.०३ बिन्दुबाट शेयर कारोबार शुरु भएको थियो भने २ बजे सम्म आउदा त्यो परिसुचक घटेर ३.२९ प्रतिशतमा झरेको छ ।

अहिले जम्मा १६९ कम्पनीको कारोबार भइरहेकोमा ३१ लाख १५ हजार कित्ता शेयर  खरिद बिक्री हुदा १ अर्ब  १५ करोड ६५ लाखको कारोबार भएको छ ।

अहिले सम्म कारोबार गरेका कम्पनी मध्ये नेपाल लाइफ इन्स्योरेन्सले ११ सय ४० कित्ता  शेयर बिक्री गर्दै ८ करोड ६० लाख बराबरको कारोबार गदै उच्च स्थानमा छ ।

त्यस्तै, एन एम बि बैकं लिमिटेडले ४ सय १५ कित्ता शेयर कारोबार हुदा ६ करोड ३५ लाख बराबरको कारोबार गर्दै दोस्रो स्थानमा छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया