कारोबारको दोस्रो घण्टा: ३७ अकंले ओरालो लाग्यो नेप्से

६ बर्ष अगाडि

आज नेपाल स्टक एक्सेन्जमा नेप्से परिसुचक कारोबारको दोस्रो घण्टा ३६.९४ अकंले ओरालो लागेको छ ।

कारोबारको सुरुवात बाटै ओरालो लागेको नेप्से १ बजे सम्म आउँदा ३६ अकंले ओरालो लागेको हो ।

आज १३७७.०३ को बिन्दुबाट शुरु भएको कारोबार दुई घण्टाको अबधीमा १३४०.२४ को बिन्दुमा पुगेको छ ।

आज ११ बजेको १३७७.०३ बिन्दुबाट शेयर कारोबार शुरु भएको थियो भने १ बजे सम्म आउदा त्यो परसुचक घटेर २.।६८ प्रतिशतमा झरेको छ ।

अहिले जम्मा १६८ कम्पनीको कारोबार भइरहेकोमा २० लाख ९७ हजार कित्ता शेयर  खरिद बिक्री हुदा  ८० करोड ४२ लाखको कारोबार भएको छ ।
अहिले सम्म कारोबार गरेका कम्पनी मध्ये नेपाल लाइफ इन्स्योरेन्सले ११ सय ४६ कित्ता  शेयर बिक्री गर्दै ६ करोडको कारोबार गदै उच्च स्थानमा छ ।

त्यस्तै, एन एम बि बैकं लिमिटेडले ४ सय ८० कित्ता शेयर कारोबार हुदा ५ करोड १६ लाखको लाख बराबरको कारोबार गर्दै दोस्रो स्थानमा छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया