बैंकमा जागिर गर्न इच्छुकलाई राष्ट्रिय वाणिज्य बैंकले निःशुल्क तालिम दिने, २ महीनाको पेड इन्टर्नसिप

६ बर्ष अगाडि

बैंकिङ क्षेत्रमा प्रवेश चाहने युवालाई तालिम र क्षमता विकासका लागि राष्ट्रिय वाणिज्य बैंकले गण्डकी प्रदेशमा  ‘इम्पावरमेन्ट एकेडेमी’ स्थापना गरेको छ ।

एकेडेमीले बैंकिङ करिअरमा आउन चाहने युवाहरुलाई ३ दिनका लागि तालिम सञ्चालन गरिने नायव प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद लम्सालले बताए ।

उनका अनुसार स्नातक उत्तीर्ण गरेका तथा स्नातक अन्तिम वर्ष अध्ययन गरेर वषेका २८ वर्ष ननाघेका विद्यार्थीले तालिमका लागि आवेदन दिन सक्नेछन् । 

शुक्रवार साँझबाट खुल्ला गरिएको आवेदन  १० दिनसम्म खुला रहने छ । त्यसबाट आवेदन पश्चात ५० जना छनोट गरी चैत १३ देखि १५ गतेसम्म पोखरामा तालिम सञ्चालन गरिने राष्ट्रिय वाणिज्य बैंकका गण्डकी प्रदेश प्रमुख ऋषिराम ढकालले जानकारी दिए ।  

‘बैंकिङ करियरमा आउन चाहनेहरुलाई इम्पावर एकेडेमी कार्यक्रम बढी प्रभावकारी हुनेछ,’ उनले भने । ‘तालिम पश्चात २ महीनाको पेड इन्टर्नसिपको सुविधा पनि उपलब्ध छ,’ उनले भने । सोही कार्यक्रम वीरगञ्जमा पनि आगामी सातादेखि सञ्चालन गरिनेछ ।

संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत बैंकले सोही प्रकारको कार्यक्रम प्रदेश १ र वाग्मतीमा सम्पन्न गरीसकेको छ। 

गण्डकी प्रदेशमा सञ्चालन हुने कार्यक्रम तेस्रो चरणको कार्यक्रम हो । 


 

६ बर्ष अगाडि

प्रतिक्रिया