कारोबारको पहिलो घण्टामै नेप्से बजार राताम्मे,३२ अंकले घट्यो कारोबार

६ बर्ष अगाडि

आज साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा  ३२ अंकले ओरालो लागेको छ । 

कारोबारको सुरुवातदेखी नै घटेको नेप्से परिसुचक पहिलो घण्टाको अन्तिम समयसम्म आइपुग्दा ३२.६९ अंकले घटेको छ ।  

आज १३७७.०३ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधिमा १३४४.६१ को बिन्दुमा पुगेको छ ।


आज ११ बजे १३७७.०३ को बिन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक २.३६ प्रतिशतले घटेको छ । 

त्यस्तै ,आज कारोबारमा आएका १२ उपसमुह मध्ये सबै उपसमुह घटेका छन् ।  

अहिले कारोबार भइरहेका १५७ कम्पनीको १३ लाख ५२ हजार कित्ता शेयर खरिद बिक्रि हुँदा ५० करोड २८ लाख रुपैँया बराबरको कारोबार भएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया