शाइन रेसुंगाले गर्‍याे १५% बोनस सेयर दिने प्रस्ताव

६ बर्ष अगाडि

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १५% बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको ३९ करोड ३४ लाख ३५ हजार रुपैयाँ बोनस वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित बोनस नेपाल राष्ट्र बैंक र बैंकको अगामी साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउनेछन् ।

हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ६२ करोड २९ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ३ अर्ब १ करोड ६३ लाख रुपैयाँ पुग्नेछ ।

यस बैंकले आर्थिक वर्ष २०७४/०७५ मा लगानीकर्तालाई १७.७% बोनस सेयर दिएको थियो । 

शाइन र रेसुंगा गाभिएका कारण गाभिएको मितिले २ वर्ष पूरा नभएका अवस्थासम्मका सेयरधनीले बोनसमा लाग्ने कर तिर्नुपर्दैन ।

अर्थात् गाभिनु अघि कायम रहेका सेयरधनीले कर तिर्नुनपर्ने र गाभिइसकेपछि कायम भएका सेयरधनीले भने कर तिर्नुपर्ने बैंकले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया