काठमाडौं । जनताको सेवा गर्छु भनेर कसम खाएर सरकारी सेवामा प्रवेश गरेका सरकारी कर्मचारी कुन हदसम्म भ्रष्टाचारी हुन्छन् भन्ने कुराको पुष्टि भएको छ । नियमानुसार पास हुने जग्गा पास गर्दा सरकारी कर्मचारीले नै १७ लाख रुपैयाँसम्म घुस लिइएको पाइएपछि सो कुराको पुष्टि भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, भैरहवा रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तिर्थराज भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालय भैरहवा, रुपन्देहीका ना.सु. धर्मराज पन्थी र भुसाल लेखापढी व्यवसायी भैरहवा रुपन्देहीका लेखापढी व्यवसायी जीवन शर्मालाई पक्राउ गरेपछि सो कुराको खुलासा भएको हो ।
सेवाग्राहीको जग्गाको कित्ताकाट र नामसारी गर्ने काममा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग पटक पटक घूस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
अख्तियारले नापी कार्यालय, भैरहवा रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तिर्थराज भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी तथा मालपोत कार्यालय भैरहवा, रुपन्देहीका ना.सु. धर्मराज पन्थी र भुसाल लेखापढी व्यवसायी भैरहवा रुपन्देहीका लेखापढी व्यवसायी जीवन शर्मा र मतियार राज कुमार अर्याललाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
उनीहरुले एक आपसमा मिलिजुली बांडीचुंडी खाने मनसायले सेवाग्राहीसंगबाट १७ लाख रुपैयाँ घुस लिएका थिए ।
उनीहरुलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. १३ बसपार्क स्थित अशोका होटलको अगाडीबाट पक्राउ गरिएको हो ।
प्रतिक्रिया