गुराँस लाइफ इन्स्योरेन्सले चैत्र २० गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ।
कम्पनीले चुक्ता पूँजीको १०० प्रतिशत अर्थात ९३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।
कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि कम्पनीले फागुन २२ गते सोमबार शेयरधनी दर्ता किताब बन्द बुकक्लोज गरेको थियो।
यसअनुसार कम्पनीको हकप्रद फागुन २१ गते बुधबारसम्म शेयर खरीद गरि कायम रहेका लगानीकर्ताले मात्र पाउनेछन्।
कम्पनीको हकप्रदमा २०७७ बैशाख १० गतेसम्म आवेदन गर्न सकिनेछ।कम्पनीको हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।
इन्स्योरेन्स हकप्रदलाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘ग्रेड ४’ रेटिङ प्रदान गरेको छ
प्रतिक्रिया