नबिल बैंक लिमिटेडले १० प्रतिशत ब्याजदरमा ७ वर्ष अबधीका लागी २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आजदेखि बिक्रि खुला गरेको छ ।
कम्पनीले प्रतिकित्ता एक हजार रुपैया बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो
जसमध्ये१ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट, ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि,र निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बिक्री खुल्ला गरेको छ ।
कम्पनीको सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि छिटोमा चैत ५ गते र ढिलोमा चैत १६ गतेसम्म आवेदन दिन सकिनेछ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।
प्रतिक्रिया