गुडविल फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

६ बर्ष अगाडि

गुडविल फाइनान्स लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज चैत २ गते अन्तिम दिन  रहेको छ ।

गत  फागुन २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक १२ प्रतिशत ब्याजदर पाइने २५ करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो ।
एक हजार रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता फाइनान्सले निष्काशनमा ल्याएको थियो ।

कम्पनीले २५ करोड रुपैयाँबराबरको उक्त ऋणपत्र व्यक्तिगत तवर, सर्वसाधारण , र सामुहिक लगानी कोषका लागि बाँडफाड गरेको छ ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ


 

६ बर्ष अगाडि

प्रतिक्रिया