नेपाल स्टक एक्सचेञ्जमा अपी पावर कम्पनी लिमिटेड को शेयरमूल्य समायोजन भएको छ।
चैत्र १ गते शनिबार बोनस तथा हकप्रद शेयरमा शेयरमूल्य समायोजन भएको हो।
गत फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न, हकप्रदमा आवेदन दिन तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।
नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ११४ रुपैयाँ ५० पैसा कायम गरेको छ।
यस्तै कम्पनीले साधारण सभा आह्वान गरेको छ ।
चैत ७ गते कार्की ब्यांक्वेट, माईतिघरमा बिहान ११ बजे १६ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।
उक्त सभामा आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र आर्थिक वर्ष २०७४\७५ को चुक्ता पूँजीको १ बराबर ०.४६७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
प्रतिक्रिया