सांग्रिला डेभलपमेन्ट बैंकको क्रमिक मुद्दती खाता योजना

५ बर्ष अगाडि

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्धारा आफ्ना ग्राहकलाई लक्षित गरी “थोरै थोरै बचतको निरन्तरता, छाउनेछ जीवनमा सम्पन्नता ” भन्ने सोचका साथ सांग्रिला क्रमिक मुद्दती योजना सार्वजनिक गरेको छ ।

यो योजना न्यूनतम मौज्दात रु ५०० बाट सुरु गर्न सकिनेछ । यस मुद्दती योजना अन्तर्गत ग्राहकले केवल ३६ महिनाको क्रमिक मासिक बचतमा ४२ महिना बराबरको भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

साथै यस योजना अन्तर्गत ३ वर्ष सम्म ब्याजदरमा कुनै परिर्वतन नहुने व्यहोरा जानकारी गराएको छ । यस योजना बाट ग्राहकले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, २६ एटिएम रहेको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया