शंकर गु्रपअन्तर्गतको भगिनी संस्था जगदम्बा स्टिल्स कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत पाचौँपटक इन्जिनियररिङ अध्ययन संस्थान, थापाथली क्याम्पस हल प्राङ्गणमा पुरस्कार तथा प्रमाणपत्र वितरण समारोह आयोजना गरेको छ ।
उक्त कार्यक्रममा जगदम्बा स्टिल्सका पदम प्रसाईंले इन्जिनियरिङकी विद्यार्थी आयुषा खनाललाई स्वर्णपदकसहित ५१ हजार रुपैयाँको चेक प्रदान गरे । खनालले २०७२ सालमा इन्जिनियरिङ अध्ययन संस्थानद्वारा सञ्चालित परीक्षामा क्याम्पसमा प्रथम भएबापत उक्त पुरस्कार हासिल गरेकी हुन् ।
त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रोडा धर्मकान्त बाँस्कोटाको प्रमुख आतिथ्यमा बिहीबार आयोजित यस कार्यक्रममा क्याम्पस प्रमुख जनार्दन भट्टलगायतको उपस्थिति थियो । शंकर ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक क्षेत्रमा सकारात्मक योगदान दिने उद्देश्यसहित यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ ।
प्रतिक्रिया