काठमाडौँ -देव विकास बैँक लिमिटेडले कर्जा तथा निक्षेपको लागी ब्याजदर सार्वजनिक गरेको छ । आज एक सूचना जारी गर्दै बैँकले भोली चैत्र १ गते बाट लागू हुने गरी ब्याजदर तोकेको छ ।
नयाँ ब्याजदर अनुसार बैँकले विभिन्न बचत खाताहरुमा ६.५ देखी ७ प्रतिशत ब्याजदर घोषणा गरेको छ । जसमधये , साधारण बचत मेरो पहिलो बचत खाता जस्ता खातामा ६.५ प्रतिशत र जेष्ठ नागरिक ,बालबालिका बचत खाता, नारी बचत खाता लगायतका खाताहरुमा फाइनान्सले ७ प्रतिशत ब्याज दिने जनाएको छ ।
त्यस्तै ,मुद्दति खाताहरुमा भने ९.५ देखी १० प्रतिशतका दरले ब्याजदर तोकेको छ । बैँकले व्यक्तिगत तवरमा ३ महिना सम्मकोे मुद्दति खातामा ९ प्रतिशत, ६ महिना सम्मको मुद्दति खातामा ९.५ प्रतिशत र १ बर्ष सम्मको मुद्दति खातामा १० प्रतिशतका दरले फाइनान्सले ब्याजदर निर्धारण गरेको छ । साथै, संस्थागत तवरमा भने १ बर्ष सम्मको मुद्दति खातामा १० प्रतिशत ब्याज दिने छ ।
यसबाहेक फाइनान्सले कर्जा दिदा कर्जाको प्रकार अनुसार १६.७ देखी २०.२ प्रतिशत सम्म ब्याज लिने बताएको छ । हाल बैँककोे आधारदर ११.२ रहेको छ । बैँकले त्यसैमा ४.५देखी ६.५ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर निर्धारण गरेको हो ।
जसमध्ये , बैँकले आधारदर सहित घर कर्जामा १८.२ प्रतिशत र गाडि कर्जामा १८.७ देखि १९.७ प्रतिशत सम्म ब्याज लिने जनाएको छ ।
प्रतिक्रिया