युनाइटेड फाइनान्स लिमिटेडको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति?

६ बर्ष अगाडि

काठमाडौँ - युनाइटेड फाइनान्स लिमिटेडले कर्जा तथा निक्षेपको लागी ब्याजदर घोषणा गरेको छ । आज एक सूचना जारी गर्दै कम्पनीले आजै देखी लागू हुने गरी ब्याजदर घोषणा गरेको हो ।

नयाँ ब्याजदर अनुसार बैँकले  विभिन्न बचत खाताहरुमा ७ प्रतिशत ब्याजदर घोषणा गरेको छ । साधारण बचत, स्पेशल बचत , नव नारी बचत ,अवसर बचत खाता लगायतका खाताहरुमा फाइनान्सले ७ प्रतिशत ब्याज दिने जनाएको छ ।

त्यस्तै ,मुद्दति खाताहरुमा भने ९.५ देखी १० प्रतिशतका दरले ब्याजदर तोकेको छ । ३ महिना देखी १ बर्ष सम्मको मुद्दति खातामा ९.५ प्रतिशत र १ बर्ष भन्दा माथिको मुद्दति खातामा १० प्रतिशतका दरले फाइनान्सले ब्याजदर निर्धारण गरेको छ । 

यसबाहेक फाइनान्सले कर्जा दिदा कर्जाको प्रकार अनुसार १५.८२ देखी १८.८२ प्रतिशत  सम्म ब्याज लिने बताएको छ । हाल फाइनान्सको आधारदर १२.३२ रहेको छ । फाइनान्सले त्यसैमा  ३.५ देखी ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर निर्धारण गरेको हो । 

जसमध्ये , फाइनान्सले आधारदर सहित घर कर्जामा १७.३२ प्रतिशत र गाडि कर्जामा १७.३२ देखि १८.३२  प्रतिशत सम्म ब्याज लिने जनाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया