ग्लोबल आइएमई र शंकरदेव क्याम्पसबीच सम्झौता

५ बर्ष अगाडि

 ग्लोबल आइएमई बैंक र शंकरदेव क्याम्पसबीच सम्झौता भएको छ ।

 बैंक र क्याम्पसबीच विद्यार्थीहरूले इन्टरनेटको प्रयोग गरि विभिन्न माध्यमबाट शुल्क भुक्तानी गर्न सकिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । 

उक्त सम्झैतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्री र क्याम्पसको तर्फबाट क्ययाम्पस प्रमुख कृष्ण प्रसाद आर्चायले हस्ताक्षर गरेका हुन ।

 उक्त सम्झौता सँगै शंकरदेव क्याम्पसमा अध्यनरत सम्पूर्ण विद्र्यार्थीहरूले कलेजलाई भुक्तानी गर्नुपर्ने शुल्क अब बैंकको मोबाईल बैंकिङ र इन्टरनेट बैंकिङ मार्फत भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया