लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केटले ८ करोड इकाई बिक्री गर्नै भएको छ ।
८ करोड मध्ये १ करोड २० लाख वा कुल बिक्री भएको इकाई सङ्खयाको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित राखिएको छ।
पहिलो चरणमा सर्वसाधारणलाई ६ करोड ८० लाख इकाई बिक्री गर्नै भएको छ ।
उक्त फण्डमा चैत ९ गतेदेखि १३ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त समय भित्र बिक्री नभएको खण्डमा चैत २३ गतेसम्म आवेदन दिन सकिनेछ ।
फण्डमा आवेदन दिने चाहनेले न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख ईकाईसम्मका प्रति इकाई १० रुपैयाँका दरले आवेदन दिन सकिनेछ ।
फण्डमा आवेदन दिनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया