दुई कम्पनीको बोनस शेयर पछि शेयरमुल्य समायोजन भएको छ ।
सेञ्चुरी कमर्सियल बैंक र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमुल्य समायोजन भएको हो ।
नेपाल स्टक एक्सेञ्जमा दुईवटै कम्पनीको फागुन ३० गते शुक्रवार गत आवको मुनाफा बाट प्रस्तावित बोनसमा शेयरमुल्य समायोजन भएको हो ।
फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
नेप्सेले सेञ्चुरी बैंकको ६.७५ प्रतिशत बोनस शेयर पछिको शेयरमुल्य समायोजन गरी प्रतिकित्ता १७७ रुपैयाँ ४५ पैसा कायम गरेको छ।
यस्तै कम्पनीले लाभांश वितरण गर्ने नवौं साधारणसभा आह्वान गरेको छ।
कम्पनीको साधारण सभा चैत १४ गते शुक्रबार आर्मी आफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे हुनेछ ।
त्यस्तै,वोमी माइक्रोफाइनान्सको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.३१ प्रतिशत बनस शेयर पछिको शेयरमुल्य समायोजन गरी प्रतिकित्ता ८५६ रुपैयाँ कायम गरेको छ।
कम्पनीले आठौं वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको साधारण सभा चैत १६ गते धुलिखेलस्थित जुगल होटलको सभाहलमा विहान ११ बजे हुनेछ ।
दुबै कम्पनीको समायोजित मूल्यलाई आधार मानेर आइतबार शेयर कारोबार खुल्नेछ।
प्रतिक्रिया