नेप्से बजार राताम्मे

६ बर्ष अगाडि

आज नेप्से भारि अंकले ओरालो लागेको छ ।

आज कारोबार सुरु भएको केही समयमै   उकालो   लागेको नेप्से पुन कारोबारको अन्तिम समय सम्म आइपुग्दा ४७.३१ अंकले ओरालो लागेको हो । 

आज १४२४.९७ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने १३७५.७८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

त्यस्तै ,आज सेन्सेटिभ परिसुचक पनि ९.२७ अंकले ओरालो लागेको छ ।  

आज भने ४७ अंकले ओरालो लाग्दा २ अर्ब १८ करोड  रुपैँया बराबरको कारोबार भएको छ । 

आज नेप्सेमा १८२ कम्पनीको  ५६ लाख २८ हजार कित्ता खरिद बिक्री हुदाँ सो कारोबार भएको हो ।

आज कारोबारमा आएका १२  उपसमुह मध्ये सबै उपसमुह ओरालो लागेका छन् । 

आज कारोबार भएका १८२ कम्पनी मध्ये नेपाल लाइफ इन्स्योरेन्सले १९ करोड ६०  लाख बराबरको कारोबार गरेर उच्च स्थानमा छ ।

त्यस्तै एन आइ सी एसियाले ११ करोड ६० लाख रुपैँया बराबरको कारोबार गरेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया