आज नेप्से परिसूचक कारोबारको दोस्रो घण्टा ३५.५८अंकले ओरालो लागेको छ ।
आज १४२४.९७ को बिन्दुबाट सुरु भएको नेप्से दुई घण्टाको अवधिमा १३८७।५०को बिन्दुमा आइपुगेको छ ।
त्यस्तै ,कारोबारको सुरुवातमा बढेको नेप्सेमा यो अवधीसम्म २.५ प्रतिशतले गिरावट आएको छ ।
यो समय सम्ममा कारोबार रकम ९४ करोड ९७ लाख पुगेको छ ।
अहिले सम्ममा १६९ कम्पनिको २३ लाख १९ हजार कित्ता शेयर खरिद बिक्री भइसकेको छ ।
आज कारोबार भएका सबै कम्पनीहरु मध्ये नेपाल लाइफ इन्स्योरेन्सले ११ सय ९४ कित्ता शेयर बिक्रि गर्दै ९ करोड ६१ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा छ ।
प्रतिक्रिया