कारोबारको पहिलो घण्टा : १५ अकंले ओरालो लाग्यो नेप्से

६ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा १४.७३  अंकले  ओरालो लागेको छ ।

 कारोबारको सुरुवातमा बढेको नेप्से परिसुचक पुन :पहिलो घण्टाको अन्तिम सम्म आउँदा १४ अकंले  ओरालो  लागेको हो ।

आज १४२४.९७  को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १४०८.३६  को बिन्दुमा पुगेको छ । 

आज ११ बजे को  १४२४.९७  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक १.०४ प्रतिशतले  घटेको छ  ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य १ वटा  उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १५४  कम्पनीको १० लाख ४१  हजार कित्ता शेयर खरिद विक्री हुदाँ ४९  करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका सबै कम्पनीहरु मध्ये नेपाल लाइफ इन्स्योरेन्सले  १२ सय २० कित्ता शेयर बिक्रि गर्दै ५ करोड ५४ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा छ  ।
भने ,एनआइसी एसियाले ५ सय ६० कित्ता शेयर कारोबार हुदा ३ करोड ८३ लाख बराबरको कारोबार गर्दै दोस्रो स्थानमा छ ।

 

६ बर्ष अगाडि

प्रतिक्रिया