मुक्तिनाथ विकास बैँक लिमिटेडले कर्जा तथा निक्षेपको लागि नयाँ ब्याजदर घोषणा गरेको छ ।आज एक सुचना जारी गर्दै बैंकले आज देखी नै लागु हुने गरी नयाँ ब्याजदर घोषणा गरेको हो ।
नयाँ ब्याजदर अनुसार बैंकले विभिन्न बचत खाताहरुमा १.५० देखी ७ प्रतिशत सम्म ब्याज दिने घोषणा गरेको छ । त्यसमध्ये बैकले बिदेशी मुद«ा बचत खातामा १.५० प्रतिशत , साधारण बचत खाता,सजिलो बचत खातामा ६.५ प्रतिशत र महिला पेवा बचत खाता ,सुनौलो बचत खाता ,बिमा बचत खाता र बैदेशिक रोजगार बचत खाता लगायतका खातामा ७ प्रतिशतका दरले ब्याज दिने छ । बैँकले यसै गरी अरु बचत खाताहरुमा ब्याज निर्धारित गरेको छ ।
यस बाहेक व्यक्तिगत र संस्थागत दुबै मुद्दति खातामा १० प्रतिशतका दरले ब्याजदर तोकेको छ ।
बैंकले ऋण दिदा कर्जाको प्रकार अनुसार १५.२५ देखी १७.२५ प्रतिशत सम्म ब्याज लिने बताएको छ । हाल बैंकको आधारदर ११.२५ छ । बैंकले त्यसैमा ४ देखी ६ प्रतिशत सम्म प्रिमियम जोडेर ब्याजदर निर्धारण गरेको हो ।
जसमध्ये , बैंकले आधार दर सहित घर कर्जामा १६.२५ देखी १७.२५ प्रतिशत ब्याजदर र गाडी कर्जामा १६.२५ब्याजदर निर्धारण गरेको छ ।
प्रतिक्रिया