नेपाल बैंक र नीलकण्ठ नगरपालिकाबीच सम्झौता

६ बर्ष अगाडि

नेपाल बैंक लिमिटेड र नीलकण्ठ नगरपालिकाबीच व्याज अनुदान तथा सहुलियत ऋण प्रवाहसम्बन्धी सम्झौता भएको छ । 

नीलकण्ठ नगरपालिकाका प्रमुख विकास उद्यमशीलता कार्यक्रम नेपाल बैंकमार्फत कार्यान्वयन गर्ने गरी बुधबार व्याज अनुदान तथा सहुलियत ऋण प्रवाहसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिएका छन ।

धादिङ सदरमुकाम धादिङ वेशीमा आयोजित एक समारोहमा नीलकण्ठ नगरपालिकाको तर्फबाट प्रमुख भीमप्रसाद ढुङ्गाना र नेपाल बैङ्कका तर्फबाट बैंकका बागमती प्रदेश प्रमुख सुन्दर पन्थीले सम्झौतामा हस्ताक्षर गरेका हुन । 

सम्झौताअनुसार चालू आर्थिक वर्षमा नीलकण्ठ नगरपालिकाका २८० उद्यमीले प्रत्यक्ष लाभ लिने छन् ।

सम्झौताबमोजिम असल ऋणीमध्ये महिलाले ६ प्रतिशत र पुरुषले ५ प्रतिशत व्याज अनुदान प्राप्त गर्नेछन् ।
 बैंकले यो कर्जा प्रवाह गर्दा सेवा शुल्क नलिने जनाएको छ । 


 

६ बर्ष अगाडि

प्रतिक्रिया