एन सी सीले ल्यायो नयाँ ब्याजदर

६ बर्ष अगाडि

काठमाडौँ–  नेपाल क्रेडिट एण्ड कर्मसियल बैँक( एन सी सी ) लिमिटेडले कर्जा तथा निक्षेपको लागि नयाँ ब्याजदर घोषणा गरेको छ । बिहिबार एक सुचना जारी गर्दै बैंकले आज देखी नै लागु हुने गरी नयाँ ब्याजदर घोषणा गरेको हो ।

नयाँ ब्याजदर अनुसार बैंकले विभिन्न बचत खाताहरुमा ६।५ प्रतिशत सम्म ब्याज दिने छ । त्यसमध्ये एन सी सी  बैकले यु एस डलर बचत  खातामा भने ४ प्रतिशतका दरले ब्याज दिने छ । बैँकले अरु सबै बचत खाताहरुमा ६.५ प्रतिशतका दरले ब्याज निर्धारित गरेको बैंकको छ । 

यस बाहेक  मुद्दति खातामा  भने ८.५० देखी ९.२५ सम्म ब्याज निर्धारित गरेको छ ।त्यसमध्ये,३ महिना देखी ५ बर्षसम्मको मुद्दति खाताका लागी व्यक्तिगत ९.२५  प्रतिशत र संस्थागत ८.५० प्रतिशत बैँकको भनाइ छ । त्यस्तै , नवीकरणीय मुद्दती खाताका लागी भने  बैँकले संस्थागत तवरमा ८.६० प्रतिशत ब्याज निर्धारण गरेको छ । 

बैंकले ऋण दिदा कर्जाको प्रकार अनुसार १४.५८ प्रतिशत देखि  १६.५८ प्रतिशत सम्म ब्याज लिने बताएको छ  । हाल बैंकको आधारदर १०.५८ छ । बैंकले त्यसैमा ४ देखी ६ प्रतिशत सम्म प्रिमियम जोडेर ब्याजदर  निर्धारण गरेको हो । 

जसमध्ये , बैंकले आधार दर सहित गाडि कर्जामा १४.५८ ब्याजदर र घर कर्जामा १४.५८ देखि ११६.५८ब्याजदर निर्धारण गरेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया