काठमाडौं–गोपाल किराँतीको नेतृत्वमा पुनर्गठित माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष प्रचण्डले गृहमन्त्री रामबहादुर थापाका जनपक्षीय काममा अवरोध गरेको भन्दै बादलले नेकपाबाट विद्रोह गर्नुपर्ने बताएका छन् ।
‘उहाँ (गृहमन्त्रीबादल) लाई जनपक्षीय काम गर्नबाट रोक्न थालियो । अव उहाँलाई गृहमन्त्रीबाट अपदस्थ गर्न सक्छन् । त्यस अगाडि नै उहाँले विद्रोह गर्नुपर्छ र जनताको मुद्दामा संघर्ष गर्ने आँट गर्नुपर्छ ।’ किराँतीले भने, ‘त्यसो भएनभने उहाँकै राजनीतिक अवसान हुन्छ ।’
पछिल्लो पटक केही छापाहरुमा गृहमन्त्री बादलको काम कारवाही लोकतन्त्र विरोधी भएको भन्दै समाचारहरु प्रकाशमा आएकै बेला किरातीले विद्रोहका लागि सुझाव दिएका हुन् ।
तत्कालीन माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गरेपछि असन्तुष्ट बनेका किराँतीले ती दुई पार्टीको एकतापछि आफ्नो नेतृत्वमा माओवादी केन्द्रको पुनगर्ठन अभियान चलाएका थिए । अहिले उनको पार्टी संगठन निर्माणको चरणमा छ ।
प्रतिक्रिया