आज एकै साथ तीन कम्पनीहरुको लाभांश सुरक्षित गर्नै अन्तिम दिन रहेको छ ।जसअन्तर्र्गत सेञ्चुरी कमर्सियल बैंक,वोमी माइक्रोफाइनान्स वित्तिय संस्था र अपि पावर रहेका छन ।
भने सेञ्चुरी कमर्सियल बैंक र वोमी माइक्रोफाइनान्स वित्तिय संस्थाले फागुन ३० गते बुक्कोलज गर्नैछन भने अपि पावरले चैत्र १ गते बुक्कोलज गर्नैछ ।
त्यसकारण आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण भिामा सहभागी जनाउन तथा लाभांश पाउन सक्नेछन ।
त्यस्तै ,सेञ्चुरीले २ प्रतिशत बोनस र सोमा लाग्ने कर सहित ४.७५ प्रतिशत गरी कुल ६.७५ प्रतिशत बितरण गर्न साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको साधारण सभा चैत्र १४ गते आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे हुनेछ ।
त्यस्तेै,वोमी माइक्रोफाइनान्सले २५ प्रतिशत बोनस र १.३१ प्रतिशत नगद लाभांश वितरण गर्नै प्रस्ताव गर्नै साधारण सभा आह्वान गरेको हो ।
कम्पनीको आठौँ वार्षिक साधारण सभा चेत्र १६ गते धुलिखेलस्थित जुगल होटलको सभाहलमा बिहान ११ बजे हुनेछ।
त्यस्तै,अपि पावरले ५ प्रतिशत बोनस शेयरका साथै हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित साधारण सभा आह्वान गरेको हो।
कम्पनीको १६ औँ वार्षिक साधारण सभा चैत ७ गते कार्की ब्यांक्वेटमा बिहान ११ बजे हुनेछ।
प्रतिक्रिया