आज पनि नेप्सेमा उछाल ,कारोबार रकममा भने गिरावट

६ बर्ष अगाडि

आज नेप्से  दोहोरो अंकले उकालो लागेको छ ।

आज कारोबार सुरु भएको केही समयमै दोहोरो अंकले उकालो   लागेको नेप्से कारोबारको अन्तिम समय सम्म आइपुग्दा ७३.७८ अंकले उकालो लागेको छ । 

आज १३५०.३९ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने १४२३.०९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

त्यस्तै ,आज सेन्सेटिभ परिसुचक पनि १४.३३ अंकले उकालो लागेको छ ।  

आज भने ७३ अंकले उकालो लाग्दा २ अर्ब २२ करोड  रुपैँया बराबरको कारोबार भएको छ । 

आज नेप्सेमा १८० कम्पनीको  ५६ लाख २६ हजार कित्ता खरिद बिक्री हुदाँ सो कारोबार भएको हो ।

आज कारोबारमा आएका १२  उपसमुह मध्ये ११ उपसमुह उकालो लागेका छन् । 

आज कारोबार भएका १८० कम्पनी मध्ये हिमालयन डिस्टिलरीले २३ करोड ६६ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा छ ।

त्यस्तै एन एल आइ सी ले १४ करोड ६६ लाख रुपैँया बराबरको कारोबार गरेको नेप्सेले बताएको छ । .

६ बर्ष अगाडि

प्रतिक्रिया