आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको दोस्रो घण्टामा ५८.२५ अंकले उकालो लागेको छ ।
कारोबार सुरु भए देखिनै उकालो यात्रा तय गरेको परिसूचक दोस्रो घण्टाको अन्तिम सम्म आउँदा ५८.२५अकंले उकालो लागेको हो ।
आज १३५०।३९ को बिन्दुबाट सुरु भएको कारोबार यो अवधीसम्म १४०७.५६ को बिन्दुमा पुगेको छ ।
आज ११ बजे को १३५०।३९ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ४.३२ प्रतिशतले बढेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ११ वटै उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १७४ कम्पनीको ३० लाख ४ हजार कित्ता शेयर खरिद विक्री हुदाँ १ अर्ब १६ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
अहिले सम्म कारोबार भएका सबै कम्पनीहरु मध्ये नेपाल लाइफ इन्स्योरेन्स र एन आइ सी एसीयाले सबै भन्दा धेरै कारोबार गरेर उच्च स्थानमा छन् ।
प्रतिक्रिया